मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

शेर्पा संघ :
नेपाल शेर्पा संघ संखुवासभाको ५ औं जिल्ला अधिबेसन सम्पन्न, मिगुर शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Sankhuwasabhapress 607+ समाचार ( )
२७ माघ २०८०, शनिबार

संखुवासभा । नेपाल शेर्पा संघ संखुवासभाको ५ औं जिल्ला अधिबेसन सम्पन्न भएको छ । अधिबेसनको प्रमुख अतिथी नेपाल शेर्पा संघ केन्द्रीय समितिका उपाध्यक्ष तेन्जी शेर्पाले बत्ती बालेर उद्घाटन गरेका थिए ।

शुक्रबार संखुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न अधिबेसनले मिगुर शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष लाक्पारिन्जी शेर्पा, सचिव नुर्बू शेर्पा र कोषाध्यक्ष दावा शेर्पा सहित ११ सदस्य समिति चयन भएका छन् । अधिबेसनले ९ जनाको कार्यसमिति चयन गरेको छ भने २ जना पछि मनोनित गरिने नवनिर्वाचीत अध्यक्ष मिगुर शेर्पाले बताए । नवनिर्वाचीत कार्यसमितिको अवधी ३ बर्ष रहेको छ । 

प्रमुख अतिथी नेपाल शेर्पा संघ केन्द्रीय समितिका उपाध्यक्ष तेन्जी शेर्पाले आफ्नो भाषा संस्कार संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताए । उनले जातीय र परम्परागत पर्व ग्याल्पो ल्होसारको पछिल्लो पुस्ताहरुले निरन्तरता दिनुपर्ने बताए । 

कार्यक्रममा नेपाल शेर्पा संघको कोशी प्रदेश सदस्य पासाङ शेर्पा, नेपाल शेर्पा महिला संघका केन्द्रीय उपाध्यक्ष याङडु शेर्पा, चिचिला गाउँपालिका अध्यक्ष पासाङनुर्बू शेर्पा, मकालु गाउँपालिका अध्यक्ष ओङ्दीछिरिङ शेर्पा, तमू ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष मित्रकुमार गुरुङ र जग्गादाता छिरिङ शेर्पा लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । 

कार्यक्रममा शेर्पा समुदायबाट निर्वाचीत १५ जना जनप्रतिनिधीहरुलाई सम्मानपत्र र दोसल्लाद्धारा सम्मानित गरेको थियो । जसमा दुई जना गाउँपालिका अध्यक्षहरु चिचिला गाउँपालिकाको अध्यक्ष पासाङनुर्बू शेर्पा र मकालु गाउँपालिका अध्यक्ष ओङ्दीछिरिङ शेर्पालाई सम्मानित गरियो भने ३ जना वडाध्यक्षहरु मकालु गाउँपालिका–१ का वडाध्यक्ष छोपाल काइला शेर्पा, मकालु गाउँपालिका–२ का आङबाबु शेर्पा र चैनपुर नगरपालिका–२ का फरदावा शेर्पा र अन्य १० जनालाई वडा सदस्यहरुलाई सम्मानित गरिएको थियो । त्यसैगरि जग्गादाता छिरिङ शेर्पालाई समेत दोसल्लाद्धारा सम्मानित गरिएको थियो ।

बौद्ध धर्मालम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय चाड २१५१औं स्यिङ फो डुक लो ग्याल्पो ल्होसारको अवसरमा ५ औं जिल्ला अधिबेसनको आयोजना गरिएको थियो । श्यामसुन्दर शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम सचिव मिगुर शेर्पाले संचालन गरेका थिए । 

अधिबेसन सम्पन्न पश्चात् साँझ ग्याल्पो ल्होसारको अवसरमा देश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण बौद्ध धर्मलम्बीहरुलाई शुभकामना आदानप्रदानका साथै साँगितिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा गायक उमङ्ग लामा, छिरिङ भोटे, दिनेश गुरुङ, दावा लामा, डिजे लगायतका कलाकारहरुको साँगितिक प्रस्तुती दिएका थिए । चर्चित गायिका तृष्णा गुरुङ मौसम प्रतिकुलताका कारण हवाईजहाज नआएको कारण आउन सकिनन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार