मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

सुन तस्करी
कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

Sankhuwasabhapress 607+ समाचार ( )
१३ भाद्र २०८०, बुधवार

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् ।

विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन तस्करीको अनुसन्धानका लागि राहुल महरालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । महराका बाबुछोराले व्यापारीले भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक–पटक दबाब दिएको आरोप छ । उनीहरूले भन्सारका अधिकारी र सुन ल्याउने व्यापारीसँग पटक पटक फोन गरेको पनि खुलेको थियो ।

गएको पुस २९ गते दुई वटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेको सात सय ३० थान भेपभित्र शङ्कास्पद वस्तु रहेको आशङ्कामा भन्सारले बरामद गरेको थियो । तर पछि ती सामान विद्युतीय सिगरेट नै भएको पाइएपछि विमानस्थलले साटिएको आशङ्कामा छानबिन गरेको थियो । भेप ल्याउने चिनियाँ नागरिकहरू लुई र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटक–पटक सम्पर्क देखिएको छ । महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ । यो मुद्दामा अनुसन्धान गरेर सीआईबीले महराका बाबुछोरालाई समेत प्रतिवादी बनाउन सुझावसहित सरकारी वकिलको कार्यालयले फाइल बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले महराका बाबुछोरालाई सोधपुछसमेत गरेको थिएन । 

सरकारले आफ्नालाई बचाएर अरूलाई छानी-छानी पक्राउ गरेको भन्दै नेकपा एमालेले समेत पटक–पटक आपत्ति जनाउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै