मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

सभापोखरी –६ बाह्रबिसे
संखुवासभाको बाह्रबिसे बजारमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट (भिडियो सहित)

Sankhuwasabhapress 628+ समाचार ( )
२ माघ २०८१, बुधवार

संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट भएको छ ।

आज बुधबार दिउँसो करिब साढे २ बजे देखि शुरु भएको आगोले पाँच वटा घर नष्ट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताए । उनको अनुसार, स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सूशील तामाङका २ वटा घर गरि पाँच वटा घर जलेर नष्ट भएको हो । स्थानीय रामबहादुर राईको घरभित्रको अगेनाबाट आगो सल्किएको प्रहरीको भनाइ छ । 

सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको जानकारी दिए । आगलागीबाट कुनै मानवीय र पशुचौपयाको क्षति नभएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । दिउँसोको समय भएकाले मानवीय र पशुचौपयाको क्षति भने भएको छैन् भने घरभित्र रहेको अन्नपात, लत्ताकपडा र महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको छ ।

प्रहरीले आगलागिको कारण र क्षतिको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । 

तलको भिडियो लिंक खोलेर हेर्नुहोस...

https://www.youtube.com/watch?v=0tZ6J83cSJM&t=20s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार