मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

दिपनकुमार श्रेष्ठ :
कांग्रेस संखुवासभामा १ हजार १ सय ११ प्रचार–प्रसार समिति गठन

Sankhuwasabhapress 628+ समाचार ( )
२० माघ २०८२, मङ्गलबार

संखुवासभा । आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले संखुवासभा जिल्लाभर सशक्त र संगठित चुनावी अभियान सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। कांग्रेसले जिल्लास्तरीय १ हजार १ सय ११ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको जानकारी दिएको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कार्यवहाक सभापति अनन्तकुमार गौलीको संयोजकत्वमा समिति गठन गरिएको जनाइएको हो। पार्टीका अनुसार निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क र घरदैलो अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

प्रदेश क र ख दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिको संयोजकत्वमा ५ सय ५५ सदस्यीय क्षेत्रीय प्रचार–प्रसार समिति गठन गरिएको छ। साथै, १० वटा स्थानीय तह रहेको संखुवासभामा ठूला तथा साना पालिकाको आवश्यकताअनुसार छुट्टाछुट्टै निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला कार्यवहाक अध्यक्ष गौलीले जानकारी दिए । जनताको घरआँगनमै पुगेर कांग्रेसका नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा मत माग्ने हाम्रो रणनीति छ उनले भने।

परिचालन समितिले वडा, टोल तथा बस्ती स्तरसम्म पुगेर घरदैलो तथा व्यापक जनसम्पर्क अभियान सञ्चालन गर्ने उनले बताए। पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ता परिचालन गरिने उनले स्पष्ट पारे ।

कांग्रेसबाट प्रतिनिधीसभाका उम्मेदवार दिपनकुमार श्रेष्ठ रहेका छन् । उनी कांग्रेसको पूर्वजिल्ला सभापतिका र विशेष महाधिबेसनबाट केन्द्रीय सदस्य बनेका छन् । नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुदैं केन्द्रीय सदस्य बनेका श्रेष्ठ पहिलो पटक चुनाव लडेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै