मुख्य समाचार
मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला |

#गोपालराज पहाडी
खाँदबारीमा स्वर्गीय गोपालराज पहाडीको १२ औं स्मृति सभा सम्पन्न

Sankhuwasabhapress 603+ समाचार ( )
३ भाद्र २०८१, सोमबार

संखुवासभा । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा संखुवासभा कांग्रेसका पूर्वसभापति स्वर्गीय गोपालराज पहाडीको १२ औं स्मृति सभा खाँदबारीमा मनाइएको छ ।

आज सोमबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ संखुवासभाको आयोजनामा स्मृति सभाको आयोजना गरेको हो । संखुवासभा कांग्रेसका हस्ती, निडर नेता स्वर्गीय गोपालराज पहाडीको १२ औं स्मृति सभामा पहाडीको योगदानका बारेमा कांग्रेस नेताहरूले चर्चा गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कांग्रेस संखुवासभाका कार्यवहाक सभापति अन्नतकुमार गौलीले पहाडीले कांग्रेसलाई सांगठनिक रूपमा बलियो बनाउन धेरै संघर्ष गरेको बताए । उनले पञ्चायतमा कांग्रेसलाई देख्न नसक्ने अवस्थामा समेत पहाडीले संगठन बचाएर काम गरेको स्मरण गर्दै ०४६ सालको बहुदल प्राप्त गर्न पहाडी जस्ता नेताहरूकै कारणले कांग्रेस बाँचेको र बहुदल प्राप्त भएको बताए ।

कार्यक्रममा दलित संघका केन्द्रीय सदस्य डिपी परियार, कांग्रेस नेताहरु शेरबहादुर बन, हरिश्वर थापामगर, विमन पराजुली, सल्येन नेपाली, कांग्रेस नेतृ उषा कार्की र महिला संघका संखुवासभा सभापति निरू तामाङ बस्नेत लगायतले पहाडीले संखुवासभा कांग्रेस बनाउन निकै ठूलो योगदान गरेको स्मरण गरे । उनीहरुले पहाडीले राष्ट्रिय राजनीतिमा पु¥याएको योगदानको समेत चर्चा गरेका थिए ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ संखुवासभाका अध्यक्ष बरूणकुमार गुरूङको अध्यक्षतामा भएको कार्यक्रम सचिव बम राईले संचालन गरेका थिए ।

उक्त कार्यक्रममा कांग्रेस संखुवासभाका पूर्वसभापति दिपनकुमार श्रेष्ठ, कोशी प्रदेश सदस्यद्वय राजेन्द्र घले र कमला घले, प्रेस युनियनका पुर्वसभापति कृष्णराज शाक्य र नेवि संघका केन्द्रीय सदस्य विकास राई लगायत कांग्रेस नेता तथा कार्यकताहरूको उपस्थिति रहेको थियो ।

पहाडीको पूरा नाम गोपालराज दाहाल हो तर उनी गोपालराज पहाडी लेख्थे । उनको जन्म २००२ साल चैत १ गते पिता टिकादत्त दाहाल र कमलादेवी दाहालको कोखबाट मादीमा भएको थियो भने २०७० साल भदौ ३ गते स्वर्गीय भएका थिए । वि.सं. २०३३ साल देखि २०५७ सालसम्म संखुवासभा कांग्रेसको २० बर्ष सभापति बनेका थिए भने ०५६ सालदेखि सास रहुन्जेलसम्म ०७० सालसम्म १४ बर्ष कांग्रेसका केन्द्रीय सदस्य बनेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार